प्युठानमा टिपर दुर्घटना, चालक र सहचालकको मृत्यु
झिमरूक, असार २० : प्युठानमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
शनिबार बिहान नौबहिनी गाउँपालिका-८ लुफ्लुङबाट दाङको कालाक....

झिमरूक, असार २० : प्युठानमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
शनिबार बिहान नौबहिनी गाउँपालिका-८ लुफ्लुङबाट दाङको कालाकाटेतर्फ चुनढुङ्गा लिएर जाँदै गरेको ना ७ ख ८९३८ नम्बरको टिपर सरुमारानी गाउँपालिका-६ मोतीपुरमा दुर्घटनामा परेको हो।
दुर्घटनामा परी सरुमारानी गाउँपालिका-६ मोतीपुर ६ का टिपर चालक ३० वर्षीय रोशन थापा र सहचालक ३५ वर्षीय झगबहादुर पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए।
टिपर सडकदेखि करीब ६ सय मिटर तल माडी खोलामा खसेको छ।
प्रकाशित मिति: १३:०३ बजे, शनिबार, असार २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











