Kathmandu Press

जनार्दन शर्माले भने- नेकपा फुट्दैन, फुटाउन दिइँदैन

काठमाडौंं, असार २० : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले आन्तरिक विवादकै कारण पार्टी नफुट्ने दाबी ग....

जनार्दन शर्माले भने- नेकपा फुट्दैन, फुटाउन दिइँदैन

काठमाडौंं, असार २० : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले आन्तरिक विवादकै कारण पार्टी नफुट्ने दाबी गरेका छन्। 

पार्टीभित्रको विवाद चरम उत्कर्षमा पुगेका बेला स्थायी कमिटी सदस्य शर्माले पार्टी कुनै पनि हालतमा नफुट्ने र फुटाउन पनि नदिने बताएका हुन्। शनिबार फेसबुकमा स्ट्याटस लेख्दै पूर्व गृहमन्त्रीसमेत रहेका शर्माले भनेका छन्,‘म दृढतापूर्वक भन्न चाहन्छु पार्टी फुट्दैन, फुटाउन दिइँदैन।’

शर्माले पार्टीलाई विचार, विधि र पद्धतिबाट विचलित गरी व्यक्तिका आ–आफ्ना स्वार्थपूर्तिको हतियार बन्न दिन नहुने पनि बताएका छन्। उनले एकता गर्दा गरिएका सहमति, आम जनता र कार्यकर्ताको सुझावका आधारमा तयार हुने सहमतिको नयाँ प्रस्ताव स्वीकार गरी रुपान्तरणसहित नेतृत्व गर्न नेताहरुलाई आग्रह गरेका छन्। 

नेता शर्माले नेकपाभित्रको विवादलाई सीमित नेताहरुको समस्याका रुपमा मात्र नहेर्न भनेका छन्। ‘नेकपाभित्रको विवादलाई सीमित नेताहरुको समस्याका रुपमा मात्र नहेरौ यो हाम्रो राष्ट्र, देश र कम्युनिष्ट आन्दोलनको समस्याका रुपमा देखिएको छ। दुई नेताले के गर्लान भनेर अब हेरेर बस्नु हुँदैन,’ उनले भनेका छन्। 
 

प्रकाशित मिति: १२:११ बजे, शनिबार, असार २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्