Kathmandu Press

विश्वमा कोरोना : झण्डै १ करोड १२ लाख संक्रमित

काठमाडौं, असार २० : विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड ११ लाख नाघेको छ। वल्डमिटर्सको पछिल्लो अपडेट अनुसार विश्वमा कोरोना संक्रमितको संख्य....

विश्वमा कोरोना : झण्डै १ करोड १२ लाख संक्रमित

काठमाडौं, असार २० : विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड ११ लाख नाघेको छ। वल्डमिटर्सको पछिल्लो अपडेट अनुसार विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ११ लाख ९१ हजार ६८१ पुगेको छ।

यसैगरी संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या ५ लाख २९ हजार १ सय २७ रहेको छ । यसैगरी विश्वभर कोरोना संक्रमण मुक्त हुनेको संख्या झण्डै ६३ लाख रहेको छ । संक्रमित संख्याको आधारमा अमेरिका पहिलो नम्बरमा रहेको छ। जहाँ २८ लाख ९० हजार वढी संक्रमितमध्ये करिब १ लाख ३२ हजार वढीले ज्यान गुमाईसकेका छन् भने १२ लाख ३५ हजार संक्रमित संक्रमणमुक्त भएका छन् ।

पछिल्लो समय अमेरिकामा संक्रमित संख्या तीब्र गतिमा बढिरहेको छ। यसैगरी संक्रमित संख्याको आधारमा ब्राजिल दोश्रो नम्बरमा रहेको छ भने रूस तेश्रो नम्बरमा रहेको छ। यसैगरी सर्वाधिक संक्रमित भएको मुलुकमा भारत चौथो नम्बरमा रहेको छ।

यस्तै ब्राजिलमा १५ लाख ४३ हजार संक्रमितमध्ये ६३ हजारले ज्यान गुमाउँदा ९ लाख ४५ हजार संक्रमणमुक्त भएका छन् । यस्तै संक्रमितको संख्याको आधारमा तेश्रो रहेको रुसमा ६ लाख ६७ हजार संक्रमितमध्ये ९ हजार ८ सयले ज्यान गुमाउँदा ४ लाख ३७ हजार संक्रमणमुक्त भए ।

भारतमा ६ लाख ४९ हजार संक्रमितमध्ये १८ हजार ६ सयले ज्यान गुमाए भने झण्डै ४ लाख संक्रमणमुक्त भएका छन् । 
 

प्रकाशित मिति: ०८:४४ बजे, शनिबार, असार २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्