Kathmandu Press

कोरोना संक्रमणबाट गोरखाका एक पुरुषको मृत्यु

काठमाडौं, असार २० : कोरोना भाइरस संक्रमणबाट गोरखाका एक पुरुषको मृत्यु भएको छ ।

गोरखाको गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका वडा नं ७ न....

कोरोना संक्रमणबाट गोरखाका एक पुरुषको मृत्यु

काठमाडौं, असार २० : कोरोना भाइरस संक्रमणबाट गोरखाका एक पुरुषको मृत्यु भएको छ ।

गोरखाको गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका वडा नं ७ निवासी कोरोना संक्रमित ४४ बर्षीय पुरुषको आज विहान ५ः०५ बजे निधन भएको गोरखा अस्पतालले पुष्टि गरेको छ ।

मधुमेह र निमोनिया रोगबाट ग्रसित ती पुरुषको कोरोना पोजेटिभ देखिएपछि अस्पतालले आइसियू कक्षमा राखेर उपचार गरिरहेको थियो ।

उनको हिजो आएको कोरोना परीक्षण रिर्पोट पोजेटिभ आएको थियो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ । 

प्रकाशित मिति: ०८:२२ बजे, शनिबार, असार २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्