Kathmandu Press

अवैध मल बोकेको ट्याक्टरसहित पाँच पक्राउ

लहान, असार १९ : भारतबाट अवैध रुपमा ल्याउँदै गरेको एक ट्याक्टर मलसहित प्रहरीले आज पाँच जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा उदयपुरको त....

अवैध मल बोकेको ट्याक्टरसहित पाँच पक्राउ

लहान, असार १९ : भारतबाट अवैध रुपमा ल्याउँदै गरेको एक ट्याक्टर मलसहित प्रहरीले आज पाँच जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–११ निवासी ३३ वर्षीय राजेश कार्की, सोही ठाउँका १७ वर्षीय पुष्प कार्की, त्रियुगा–३ निवासी १९ वर्षीय अनिल चौधरी, त्रियुगा–१४ निवासी २६ वर्षीय मनोज राई र खोटाङको दिछु गाउँपालिका–३ निवासी जीवनज्योति राई रहेको प्रहरीले जनाएको छ। 

भारतबाट ना६त १९०५ नम्बरको ट्याक्टरमा मल लोड गरी लहानतर्फ ल्याइरहेको गोप्य सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरी टोलीले सखुवानन्कारकट्टी गाउँपालिका–४ खरवौना चौकबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरतकुमार क्षेत्री थापाका अनुसार पक्राउ परेको ट्याक्टरबाट ३२ बोरा युरिया मल, दुई बोरा चिनी, नौ बोरा चिउरा र दुई बोरा सुर्ती बरामद् भएको छ। 

आवश्यक कारवाहीका लागि ट्याक्टर, अवैध समान र पाँचै जनालाई ठाडी भन्सार कार्यालय इनर्वा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १९:४६ बजे, शुक्रबार, असार १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्