Kathmandu Press

कोरोना रिपोर्ट पोजेटिभ आएपछि होमआइसोलेसनमा बसेका युवाले गरे आत्महत्या

काठमाडौं, असार १९ : बझाङको खप्तडछान्ना गाउँपालिका ७ का एक युवाले कोरोना रिपोर्ट पोजेटिभ आएपछि आत्महत्या गरेका छन्। बिहीबार आएको पीसीआर परीक्षणको रिपोर....

कोरोना रिपोर्ट पोजेटिभ आएपछि होमआइसोलेसनमा बसेका युवाले गरे आत्महत्या

काठमाडौं, असार १९ : बझाङको खप्तडछान्ना गाउँपालिका ७ का एक युवाले कोरोना रिपोर्ट पोजेटिभ आएपछि आत्महत्या गरेका छन्। बिहीबार आएको पीसीआर परीक्षणको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि उनले घर नजिकैको जंगलमा गएर आत्महत्या गरेका हुन्।

जेठ १९ भारतबाट आएका युवा जयपुर लामागडा प्राथमिक विद्यालयमा निमार्ण गरिएको क्वारेन्टानमा बसेका थिए। क्वारेन्टाइनमा बसेका सबै जना घर गएपछि उनी क्वारेन्टाइनमा बस्न एक्लै हुने भएकाले होमआइसोलेसनमा बस्न घर पठाइएको थियो।

तीन दिन अघि घर गएका युवाको हिजो आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि उनले आज बिहानै आत्महत्या गरेको गाउँपालिकाका अध्यक्ष वर्कबहादुर रोकायाले बताए।

मृतकको शव घटनास्थलमै रहेको छ।

प्रकाशित मिति: १९:०६ बजे, शुक्रबार, असार १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्