Kathmandu Press

गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरका एक इन्जिनियरविरूद्ध भ्रष्टाचारको मुद्दा 

काठमाडौं, असार १९ : गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरका एक इन्जिनियरविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। शुक्रबार अख्तियार दुरूपयोग....

गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरका एक इन्जिनियरविरूद्ध भ्रष्टाचारको मुद्दा 

काठमाडौं, असार १९ : गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरका एक इन्जिनियरविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। शुक्रबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चाकुपाटमा कार्यरत इन्जिनियर भरतराज आचार्यविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनले स्रोत नखुलेको तीन करोड २१ लाख ६२ हजार ४२० रूपैयाँ अवैध सम्पत्ति आर्जन गरेको अख्तियारले जनाएको छ।

इन्जिनियर आचार्यविरूद्ध दुई वर्ष कैद सजाय र बिगो बमोजिम जरिवाना माग गरी अख्तियारले आरोपपत्र दायर गरेको छ।

प्रकाशित मिति: १८:३३ बजे, शुक्रबार, असार १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्