क्यान्सर, मधुमेह र आइसियूमा रहेका बिरामीको कोरोना परीक्षण गरिने
काठमाडौं, असार १९ : कोरोना भाइरस संक्रमितको पहिचान गर्न गर्न सरकारले परीक्षणको दायरा बढाएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियम....

काठमाडौं, असार १९ : कोरोना भाइरस संक्रमितको पहिचान गर्न गर्न सरकारले परीक्षणको दायरा बढाएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा परीक्षणको दायरा बढाउँदै अब क्यान्सर, मधुमेह र आइसियूमा रहेका बिरामीको कोरोना परीक्षण गरिने बताए।
उनले अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका बिरामी र अस्पतालहरुका स्वास्थ्यकर्मीको पनि परीक्षण गरिने बताए।
साथै,अब निजी अस्पतालहरूले पनि कोरोना परीक्षण तथा संक्रमितको उपचार गर्नेछन्।
प्रकाशित मिति: १७:३२ बजे, शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










