Kathmandu Press

तीन दिनदेखि बेपत्ता बालिका मृत फेला

जनकपुरधाम, असार १९ : जनकपुरधाम उपमहानगरपालिकाकी तीन दिनअघि बेपत्ता भएकी एक बालिका आज मृतावस्थामा फेला परेकी छिन्।

वडा नं २१ को कुर्था बस्ने ....

तीन दिनदेखि बेपत्ता बालिका मृत फेला

जनकपुरधाम, असार १९ : जनकपुरधाम उपमहानगरपालिकाकी तीन दिनअघि बेपत्ता भएकी एक बालिका आज मृतावस्थामा फेला परेकी छिन्।

वडा नं २१ को कुर्था बस्ने विनोद पजियारकी छोरी ११ वर्षीया कञ्चन बुधबारदेखि हराएकी थिइन्। बालिकाको आज घरभन्दा एक किलोमिटर टाढा दूधमति नदीको किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

उनी बुधबार बिहान ११ः०० बजे भैंसी चराउन निस्केपछि घर नफर्केको जनाइएको छ। उनको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल पठाइएको छ।

प्रकाशित मिति: १७:१६ बजे, शुक्रबार, असार १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्