शुक्रबार थपिए हालसम्मकै धेरै कोरोना संक्रमित, कुन प्रदेशमा कति?
काठमाडौं, असार १९ : शुक्रबार देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा हालसम्मकै धेरै मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या....

काठमाडौं, असार १९ : शुक्रबार देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा हालसम्मकै धेरै मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ७ सय ४० नयाँ संक्रमित थपिएका हुन्।
योसँगै नेपालमा कोरोना संक्रमितकने संख्या १५ हजार २ सय ५९ पुगेको छ। जसमध्ये सबैभन्दा बढी संक्रमित प्रदेश २ मा रहेका छन्। वागमती प्रदेशमा सबैभन्दा कम संक्रमित रहेका छन्।
कुन प्रदेशमा कति ?
प्रदेश १ मा हालसम्म ६ सय ७४ जना संक्रमित भएका छन् । त्यसमध्ये चार सय जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।
प्रदेश २ मा हालसम्म तीन हजार नौ सय ९५ जना संक्रमित भएका छन् । संक्रमितमध्ये एक हजार आठ सय ६७ जना निको भएर डिस्चार्ज भइसकेका छन्।
वागमती प्रदेशमा पाँच सय सात जना संक्रमित भएकोमा एक सय ८५ डिस्चार्ज भएका छन्।
त्यसैगरी गण्डकी प्रदेशमा एक हजार एक सय १८ जना संक्रमित भएकोमा दुई सय १४ जना निको भएर घर फर्केका छन्।
प्रदेश ५ मा तीन हजार आठ सय ९१ जना संक्रमित भएकोमा एक हजार सात सय २५ निको भएका छन्।
कर्णाली प्रदेशमा एक हजार पाँच सय ३९ संक्रमितमध्ये एक हजार ७२ जना डिस्चार्ज भएका छन्।
सुदूरपश्चिम प्रदेशमा तीन हजार पाँच सय ३५ संक्रमित भएकोमा ६ सय ८९ जना निको भएर डिस्चार्ज भएको मन्त्रालायले जनाएको छ।
जसमध्ये शुक्रबारमात्रै कोरोनालाई जितेर ८ सय २३ जना घर फर्किएका छन्। कुल संक्रमितमध्ये हालसम्म ६ हजार १ सय ४३ जना निको भएर घर फर्किएका छन्।
त्यस्तै आज काठमाडौंका एक वृद्धको मृत्यु भएसँगै कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ।










