Kathmandu Press

पानी ट्यांकरकाे ठक्करबाट माेटरसाइकलमा सवार युवककाे मृत्यु, ट्यांकरमा आगजनी

कञ्चनपुर, असार १९ : कञ्चनपुरको पुनर्वास नगरपालिका–१ मा मोटरसाइकल दुर्घटनामा परी सोही नगरपालिका–७ का ३८ वर्षीय लोकेन्द्रसिंह ठकुरीको मृत्यु....

पानी ट्यांकरकाे ठक्करबाट माेटरसाइकलमा सवार युवककाे मृत्यु, ट्यांकरमा आगजनी

कञ्चनपुर, असार १९ : कञ्चनपुरको पुनर्वास नगरपालिका–१ मा मोटरसाइकल दुर्घटनामा परी सोही नगरपालिका–७ का ३८ वर्षीय लोकेन्द्रसिंह ठकुरीको मृत्यु भएको छ।

दुर्घटनास्थल नजिक दुई वटा पानी बोक्ने ट्यांकरले मोटरसाइकललाई ठक्कर दिएर दुर्घटना भएको जनाउँदै आक्रोसित स्थानीयले दुवै ट्यांकरमा आगजनी गरेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार दुर्घटनामा परी से६प ६४२६ नं मोटरसाइकलमा सवार ठकुरीको घटनास्थलमै मृत्यु भएको थियो। 'स्थानीयले पानी ट्या‌करले ठक्कर दिएर दुर्घटना भएको आरोप लगाएका छन्,' उनले भने, 'घटनाबारे विस्तृतमा अनुसन्धान हुँदैछ।'

स्थानीयले बा१क ९७८४ र से१क १७४ पानी ट्यांकरमा आगजानी गरेको प्रहरीले जनाएको छ। दुर्घटनास्थलमा तनाव बढेपछि सदरमुकाम भीमदत्तनगरबाट प्रहरी नायब उपरीक्षक थापा क्षेत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थल जाँदैछ। स्थानीयले मृतकको शव उठाउन मानेका छैनन्।

प्रकाशित मिति: १६:४४ बजे, शुक्रबार, असार १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्