चीन पुगेर मन्त्री खनालले भने, ‘नेपालमा लगानीको वातावरण बन्यो, लगानी गर्नुहोस्’
काठमाडौं, चैत ६ : कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले ४० देशका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।
चीनको इविनमा भएक....

काठमाडौं, चैत ६ : कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले ४० देशका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।
चीनको इविनमा भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खनालले ४० देशका झण्डै एक हजार प्रतिनिधिलाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन । ‘हामी समृद्ध नेपाल, सुखी नेपालीको नाराका साथ अगाडि बढिरहेका छा,ैं नीतिगत र कानुनी जटिलताहरु सुधार गरेका छौं, नेपालमा लगानी गर्नुहोस,’ मन्त्री खनालले भने।
आर्थिक विकासका लागि नीतिगत प्रष्टता र दृढता कायम गरेको बताउँदै आन्तरिक र बाह्य लगानी प्रवद्र्धनका लागि लगानीमैत्री वातावरण तयार गर्न निरन्तर प्रयास गरिरहेको मन्त्री खनालको भनाइ थियो।
अहिले दुई तिहाई बहुमतको बलियो र स्थिर रहेको उल्लेख गर्दै एक वर्षमा आर्थिक विकासका आधारहरू खडा गरेको जिकिर गरे । नेपाल सरकारले लगानीकर्ताका लागि एकद्वार प्रणालीमा सेवा दिने नीति घोषणा गरेको बताउँँदै खनालले जसले प्रशासनिक झमेलालाई धेरै हदसम्म कम गर्ने योजना रहेको बताए।
चीन र भारतजस्ता विशाल बजारसम्म पहुँच स्थापित गर्ने दूरी सहज र छोटो रहेको बताउँदै मन्त्री खनालले चिनियाँ राष्ट्रपति सि चिन फिङले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ प्रति नेपालले देखाएको प्रवितवद्धताले विश्व बजारमा पुग्न अझै सहज हुने बताए।
नेपालमा आगामी मार्च २९ र ३० तारिकमा हुन गइरहेको लगानी सम्मेलनमा लगानीकर्ताको सहभागिता र समन्वयको खाँचो भएको समेत बताए । सम्मेलनमा नेपालमा लगानीका सम्भावनाहरु बारे पनि छलफल हुने जनाएको छ।











-1754206481.jpg)