Kathmandu Press

बमजनविरुद्ध जिल्ला अदालत सर्लाहीमा मुद्दा दायर

काठमाडौं, असार १९ : लिटिल बुद्धको नामले परिचित रामबहादुर बमजनविरुद्ध जिल्ला अदालत सर्लाहीमा मुद्दा दायर भएको छ। आफ्नै आश्रमका आनी तथा अनुयायीलाई बलात्....

बमजनविरुद्ध जिल्ला अदालत सर्लाहीमा मुद्दा दायर

काठमाडौं, असार १९ : लिटिल बुद्धको नामले परिचित रामबहादुर बमजनविरुद्ध जिल्ला अदालत सर्लाहीमा मुद्दा दायर भएको छ। आफ्नै आश्रमका आनी तथा अनुयायीलाई बलात्कार, हत्या र हिंसा गरेको आरोपमा सर्लाहीको सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा दायर गरेको हो। 

रौतहटकी एक किशोरीले आफु आश्रममा बस्दा बमजनले बलात्कार गरेको भन्दै गत माघमा प्रहरीमा जाहेरी दिएकी थिइन्। किशोरीको जाहेरीपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

प्रहरी अनुसन्धान प्रतिवेदन अनुसार रौतहटकी एक किशोरीलाई बलात्कार गरेको आधारमा बिहीबार जिल्ला अदालत सर्लाहीमा मुद्दा दायर भएको हो।

जिल्ला सरकारी वकिल कार्यालयले बमजनविरूद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय र मनासिम क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेको छ। 

प्रकाशित मिति: १५:१२ बजे, शुक्रबार, असार १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्