Kathmandu Press

प्रधानमन्त्री ओलीका पक्षमा भक्तपुरमा प्रदर्शन

भक्तपुर, असार १९ : प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा स्थानीय सूर्यविनायकमा प्रदर्शन गरिएको छ।

स्वतन्त्र नागरिकका नाममा शुक्रबार  भए....

प्रधानमन्त्री ओलीका पक्षमा भक्तपुरमा प्रदर्शन

भक्तपुर, असार १९ : प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा स्थानीय सूर्यविनायकमा प्रदर्शन गरिएको छ।

स्वतन्त्र नागरिकका नाममा शुक्रबार  भएको जनप्रदर्शनमा प्रधानमन्त्रीका पक्षमा नारा लगाइएको थियो। सामाजिक सञ्जालबाट आह्वान गरिएको प्रदर्शनमा भेला भएका नागरिकले अहिलेको समय प्रधानमन्त्री फेर्ने समय नभएको जनाउँदै सरकार परिवर्तन गर्ने खेल बन्द गर्न चेतावनी दिएका थिए। 
    
नेकपाको स्थायी कमिटीको बैठकमा राजीनामा गराउन माग उठेसँगै प्रधानमन्त्री ओलीका समर्थनमा स्वतस्फूर्तरुपमा सडकमा आएका नागरिकले जनताको अभिमतको मान्न आग्रह गरे।

 प्रधानमन्त्री ओलीको राजीनामा माग्न छाडेर कोरोनाविरुद्धको लडाइँमा सबै ऐक्यबद्ध हुनुपर्ने धारणा वक्ताले राखेका थिए। 
    
सूर्यविनायकमा शुरु भएको र्‍याली तथा प्रदर्शनमा विदेशी हस्तक्षेप बन्द गर, लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रो हो, नागरिकता विधेयक पारित गर, राजनीतिक स्थिरता कायम गर जस्ता नारा लगाइएको थियो।

प्रकाशित मिति: १४:४७ बजे, शुक्रबार, असार १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्