Kathmandu Press

मोरङमा पोखरीमा डुबेर दुई युवकको मृत्यु 

विराटनगर, असार १९ : मोरङको जहदा गाउँपालिका-३ मा रहेको पोखरीमा पाैडी खेल्ने क्रममा डुबेर दुई जना युवकको मृत्यु भएको छ। 

शुक्रबार दि....

मोरङमा पोखरीमा डुबेर दुई युवकको मृत्यु 
सांकेतिक

विराटनगर, असार १९ : मोरङको जहदा गाउँपालिका-३ मा रहेको पोखरीमा पाैडी खेल्ने क्रममा डुबेर दुई जना युवकको मृत्यु भएको छ। 

शुक्रबार दिउँसो १ बजेतिर स्थानीय ब्रहमदेव राजवंशीको पोखरीमा पौडी खेल्न गएका १८वबर्षीय दिनेश राजवंशी र २०वबर्षीय रिक्की राजवंशीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। 

रिक्कीको पोखरीमा नै मृत्यु भएको र दिनेशलाई स्थानीयले उद्धार गरी उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १४:४० बजे, शुक्रबार, असार १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्