सप्तरीका एक वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असार १९ : सप्तरीका एक वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले तिलाठी....

काठमाडौं, असार १९ : सप्तरीका एक वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले तिलाठी कोइलाडी गाउँपालिकाका एक ५८ वर्षीय वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
संक्रमित वडाअध्यक्ष क्वारेन्टाइन व्यवस्थापनमा सक्रियरुपमा लाग्दै आएका थिए।
उनमा कोरोना पुष्टि भएसँगै गाउँपालिकाका अन्य वडाध्यक्ष, क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कार्यालय सहयोगीसहित अन्य कर्मचारीको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्ने तयारी भइरहेको यादवले बताए।
यससँगै सप्तरीमा कोरोना संक्रमितको संख्या दुई सय ६७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा कोरोनाबाट १३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा रञ्जित झाले बताए।











