कैलालीका ३७ घर डुबानमा
काठमाडौं, असार १९ : लगातारको वर्षपछि नदीमा पानीको बहाव बढ्दा कैलालीका ३७ घर डुबानमा परेको छ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जोशीपुर....

काठमाडौं, असार १९ : लगातारको वर्षपछि नदीमा पानीको बहाव बढ्दा कैलालीका ३७ घर डुबानमा परेको छ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जोशीपुर गाउँपालिकाका २०, बर्दगोरिया गाउँपालिकाका १६ घर र घोडाघोडी नगरपालिकाके १ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीका अनुसार डुबानमा परेको जोशीपुर गाउँपालिका– ३ का हिरालाल चौधरीको घर पानी पसेर भत्किएको छ।
बर्दगोरिया गाउँपालिकाको बास्कोटी खोलामा आएको बाढीले १६ घर डुबाउनुको साथै पशुचौपायासमेत बगाएको छ।
प्रकाशित मिति: १४:२० बजे, शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-(15)-1765023641.png)





-(86)-1764936079.jpg)


-1764760320.jpg)