Kathmandu Press

होम क्वारेन्टाइनमा आत्महत्या गरेका युवकमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार १९ : होम क्वारेन्टाइनमा आत्महत्या गरेका रोल्पाका ३१ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको छ। दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रति....

होम क्वारेन्टाइनमा आत्महत्या गरेका युवकमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार १९ : होम क्वारेन्टाइनमा आत्महत्या गरेका रोल्पाका ३१ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको छ। दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणको शुक्रबार आएको रिपोर्ट अनुसार युवकमा कोरोना पुष्टि भएको हो।

दुबईबाट आएर होम क्वारेन्टाइनमा बसेका रोल्पाको गंगादेव गाउँपालिका ५ का युवकले दुई दिन अघि झुण्डिएर आत्महत्या गरेका थिए। 

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार स्थानीय क्वारेन्टाइनमा ठाउँ खाली नभएपछि उनी आफन्तको घरमा एक्लै क्वारेन्टाइनमा राखिएको थियो।

उनको स्वाब परीक्षणको रिपोर्ट आएपछि मात्र शव व्यवस्थापन गर्ने भनेर तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको थियो।

प्रकाशित मिति: १४:०९ बजे, शुक्रबार, असार १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्