Kathmandu Press

नेविसंघका नेताहरुलाई थर्काउँदै देउवाले भने- बढ्ता जान्ने हुने, लाज पनि छैन?

काठमाडौं, असार १९ :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गाउँ–गाउँमा गरेर नेविसंघको संगठन विस्तार गर्न निर....

नेविसंघका नेताहरुलाई थर्काउँदै देउवाले भने- बढ्ता जान्ने हुने, लाज पनि छैन?
फाइल

काठमाडौं, असार १९ :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गाउँ–गाउँमा गरेर नेविसंघको संगठन विस्तार गर्न निर्देशन दिएका छन्।

गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तीका अवसरमा शुक्रबार शान्तिबाटिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेविसंघको संगठन राम्रो नभएसम्म पार्टी बलियो नहुने भएकाले संगठन विस्तारमा लाग्न निर्देशन दिएका हुन्।

उनले नेविसंघलाई गाउँ–गाउँ र स्कुल, कलेजमा बलियो बनाएर निर्वाचन जित्न आग्रह गरे। देउवाले भने,‘जहाँ पनि हा¥या छ सबै ठाउँमा। कम्युनिष्टले कसरी जिते यहाँ। अलिकति लाज पनि छैन।’

कोरोना महामारीका बेला सामाजिक दूरी कायम नगरेर टाँसिएर बसेको भन्दै देउवाले नेविसंघका नेताहरुलाई गाली गरेका थिए। उनले भने,‘सोसल डिस्ट्यान्स भनेको छ, टाँसिएर बसेको छ। यस्तो महामारीमा अरुले कार्यक्रम गर्न छोडेका छन्। हामीले गर्नु पर्ने, बढ्ता जान्ने हुनु पर्ने, लाज पनि छैन।’

देउवाले आफू नेविसंघको सभापति भएर चार पटक प्रधानमन्त्री भइसकेको र यस्तै भए अब कोही पनि नेविसंघका नेताहरु नेता बन्न नसक्ने बताए। 

‘म नेविसंघको सभापति भएको मान्छे चार पटक प्रधानमन्त्री भइसके। तपाईंहरु कोही हुनसक्नुहुन्छ भोलि यस्तै हिसाबले ? लाज पनि छैन,’ उनले भने।

कार्यक्रममा सभापति देउवाले पहिले स्कुल र कलेजमा नेविसंघलाई बलियो बनाएरमात्रै आफूसँग झगडा गर्न आउन आग्रह गरे। उनले,‘गाउँमा गएर कलेज र स्कुलमा नेविसंघको संगठन विस्तार नगर्ने अनि काठमाडौंमा बढ्ता भाषणमात्रै गर्ने काम नगर्ने अनि मसँग आएर झगडा गर्ने? 

देउवाले नेविसंघ, तरुण दल लगायतका संगठनले छिट्टै पूर्णता पाउने बताए। ‘केही समस्या छ। त्यसपछि सबै काम हुन्छ,’उनले भने,‘तपाईंहरु संगठन विस्तारमा लाग्नुस्।’ 
 

प्रकाशित मिति: १३:४० बजे, शुक्रबार, असार १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्