Kathmandu Press

फेसबुकले हटायो आत्महत्याको लाइभ भिडियो 

काठमाडौं, असार १९ : फेसबुक लाइभ गर्दै झुण्डिएर आत्महत्या गरेकी युवतीको भिडियो फेसबुकले हटाएको छ। प्रहरीले भिडियो हटाउन फेसबुकलाई पत्राचार गरेपछि घटनाक....

फेसबुकले हटायो आत्महत्याको लाइभ भिडियो 

काठमाडौं, असार १९ : फेसबुक लाइभ गर्दै झुण्डिएर आत्महत्या गरेकी युवतीको भिडियो फेसबुकले हटाएको छ। प्रहरीले भिडियो हटाउन फेसबुकलाई पत्राचार गरेपछि घटनाको ३५ घण्टापछि भिडियाे फेसबुकबाट हटेकाे छ। 

प्रहरीले उक्त भिडियो हटाउन नसकेपछि फेसबुकलाई हटाइदिन पत्राचार गरेको थियो।

तुलसीपुर उपमहानगर ५ रानीजरूवाकी एलिसा गौतमले बिहीबार राति फेसबुकमा लाइभ गर्दै आत्महत्या गरेकी थिइन्।

भिडियो हटाउनु अघि आत्महत्याको लाइभ लाखौंले हेरिसकेका थिए, भने हजारौंले कमेन्ट पनि गरेका थिए।

प्रकाशित मिति: १३:३३ बजे, शुक्रबार, असार १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्