Kathmandu Press

चट्याङ लागेर बिहारमा २२ जनाको मृत्यु

बिहार, असार १९ : भारतको बिहारमा बिहीबार राति परेको चट्याङ लागेर २२ जनाको मृत्यु भएको छ। चट्याङ लागेर अन्य केही व्यक्ति गम्भीर घाइते भएका बिहारका विपद्....

चट्याङ लागेर बिहारमा २२ जनाको मृत्यु

बिहार, असार १९ : भारतको बिहारमा बिहीबार राति परेको चट्याङ लागेर २२ जनाको मृत्यु भएको छ। चट्याङ लागेर अन्य केही व्यक्ति गम्भीर घाइते भएका बिहारका विपद् व्यवस्थानसम्बन्धी अधिकरीहरुले जनाएका छन्।

बिहीबार रातिदेखि चट्याङ पर्न शुरु गरेको र शुक्रबार बिहानसम्मचट्याङ लागेर मृत्यु हुनेको संख्या २२ पुगेको बिहारको विपद व्यवस्थापन विभागले जानकारी दिएको हो।

भारतीय सञ्चार मध्यमहरुका अनुसार बिहार राज्यका विभिन्न जिल्लामा गत हप्तामात्र पनि चट्याङका कारण करिब १०० जनाको ज्यान गएको थियो। 

सबैभन्दा धेरै बिहारको पूर्वी पट्ना क्षेत्रका जिल्लाहरुमा नागरिकको मृत्यु भएको छ। बिहीबार बिहारलगायत भारतका उत्तरी राज्यहरुमा भीषण वर्षा र हावाहुरी चल्ने सूचना यहाँको मौसम विभागले जारी गरेको थियो।

मौसम खराब रहेकोले बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन पनि राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचनासमेत जारी गरिएको थियो। 

यसैगरी बिहारका मुख्यमन्त्री नितिश कुमारले चट्याङ लागेर ज्यान गुमाएका व्यक्तिका परिवारका सदस्यलाई प्रति परिवार चार लाख भारतीय रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन्।

प्रकाशित मिति: १३:१६ बजे, शुक्रबार, असार १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्