Kathmandu Press

चितवनको शुक्रनगरमा युवकको शंकास्पद मृत्यु

चितवन, असार १९ : पश्चिम चितवनको शुक्रनगरमा एक युवकको शंकास्पद शव फेला परेको छ। बिहीबार राति करिब ११ः३५ बजे भरतपुर महानगरपालिका–२५ स्थित आफ्....

चितवनको शुक्रनगरमा युवकको शंकास्पद मृत्यु

चितवन, असार १९ : पश्चिम चितवनको शुक्रनगरमा एक युवकको शंकास्पद शव फेला परेको छ। बिहीबार राति करिब ११ः३५ बजे भरतपुर महानगरपालिका–२५ स्थित आफ्नै बारीमा २७ वर्षीय सञ्जय खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरीका अनुसार बारीमा खनाल अचेत अवस्थामा देखेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। 

उनलाई प्रहरीले अस्पताल ल्याएलगत्तै मृत घोषणा गरिएको थियो। उनको शव भरतपुर अस्पतालका शव गृहमा राखिएको छ। खनालको मृत्यु शंकास्पद देखिएकाले थप अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए।

प्रकाशित मिति: १२:५९ बजे, शुक्रबार, असार १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्