Kathmandu Press

ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड 

काठमाडौं, असार १९ : प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्। पार्टीभित्र द....

ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड 

काठमाडौं, असार १९ : प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्। पार्टीभित्र देखिएको गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन्। 

प्रधानमन्त्री ओलीसँग छलफलका लागि प्रचण्ड शुक्रबार दिउँसो १२ बजे बालुवाटार पुगेका हुन्।

प्रधानमन्त्री ओलीमाथि स्थायी समिति बैठकमा राजीनामा दिन दबाब बढेपछि उनले संसद अधिवेशन अन्त्य गराएका छन्। कुनै पनि हालतमा राजीनामा नदिने ओलीको भनाइ छ। संसद अधिवेशन अन्त्य गराएर पार्टी फुटाउन सहज हुने गरी अध्यादेश ल्याउने ओलीको तयारी रहेको बुझाइ इतर समुहको छ।  

सोही कारण एक दिनका लागि स्थायी समितिको बैठकसमेत रोकेर दुई अध्यक्षबीच छलफल गर्ने निर्णय बिहीबारको बैठकले गरेको थियो।  

दुई अध्यक्षबीचको छलफलले निकास निकाल्ने र शनिबार बिहान ११ बजे स्थायी कमिटीको बैठक बस्ने भनिएको छ। तर, दुई अध्यक्षबीच दुरी बढ्दै गएको छ ।

प्रकाशित मिति: १२:४५ बजे, शुक्रबार, असार १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्