नेकपाका दोस्रो तहका नेताहरु छलफलमा
काठमाडौं, असार १९ : पार्टी विभाजनको संघारमा पुगेपछि नेकपाका दोस्रो तहका नेताहरू छलफलमा जुटेका छन्।
शुक्रबार बिहान कृषिमन्त्री घनश्याम भुसालक....

काठमाडौं, असार १९ : पार्टी विभाजनको संघारमा पुगेपछि नेकपाका दोस्रो तहका नेताहरू छलफलमा जुटेका छन्।
शुक्रबार बिहान कृषिमन्त्री घनश्याम भुसालको सरकारी निवासमा दोस्रो तहका नेताहरुको बैठक बसेको हाे। भुसालकै पहलमा दाेस्राे तहका नेताहरुकाे बैठक बसेकाे जनाएकाे छ।
बैठकमा कृषीमन्त्री भुसालसहित जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, वर्षमान पुन, शक्ति बस्नेत, योगेश भट्टराई, मणि थापा, शंकर पोखरेल र विष्णु रिमाल सहभागी रहेको जनाएको छ।
बैठकमा सबै नेताले पार्टीलाई मिलाएर अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्। बैठकमा सहभागी एक नेताका अनुसार जनार्दन शर्माले मिलौ मिलौ भनेर मात्रै हुँदैन परिणाम चाहिन्छ भनेका थिए। उनले दुवै पक्षले आ-आफ्नो अडान छाडेर वार्तामा बस्नुपर्ने तर्क गरेका थिए।
बैठकमा सहभागी अर्का नेताका अनुसार ओली पक्षका नेताहरुले के गर्ने भन्ने विषयमा निर्णय दिन सकेनन्। जसले गर्दा दोस्रो तहका नेताहरुको बैठक पनि निष्कर्षबिना टुंगिएको एक नेताले बताए।










