आन्दोलन गर्न युवा संघ र अखिलका नेतालाई प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौं, असार १९ : राजीनामा गर्न पार्टीभित्र दबाब बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बिह.... काठमाडौं, असार १९ : राजीनामा गर्न पार्टीभित्र दबाब बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार राति आफू निकटका युवा र विद्यार्थी नेतालाई बालुवाटार बोलाएर आन्दोलन गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले आफूविरुद्ध चौतर्फी आक्रमण सुरु भएको जिकिर गर्दै युवा र विद्यार्थीलाई आन्दोलन तथा विरोधका कार्यक्रम अगाडि बढाउन निर्देशन दिएका हुन्। बालुवाटारा स्रोतका अनुसार बिहीबार राति ९ बजेदेखि सुरु भएको छलफल मध्यरातिसम्म चलेको थियो। छलफलमा युवा संघका सहसंयोजक रमेश पौडेल, नेताहरू किरण पौडेल, बसन्त सिंहलगायत सहभागी थिए। त्यस्तै, अनेरास्ववियुका संयोजक ऐन महर, नेताहरू रश्मि आचार्य, सुनिता बराललगायत पनि सहभागी रहेका थिए। बिहीबार दिउसो पनि केही युवा तथा विद्यार्थीले माइतिघर मण्डलमा प्रदर्शन गरेका थिए। उनीहरुले प्रधानमन्त्री ओलीलाई हटाउन नहुने भन्दै नाराबाजी गरेका थिए। त्यसैलाई निरन्तरता दिन र देशव्यापी बनाउन प्रधानमन्त्री ओलीले आफू निटक युवा तथा विद्यार्थी नेतालाई निर्देशन दिएका हुन्। 










