Kathmandu Press

कानपुरमा डनलाई पक्राउ गर्न गएका डीएसपीसहित आठ प्रहरीको हत्या

काठमाडौं, असार १९ : भारतको कानपुरमा गुण्डा नाइकेले डीएसपीसहित आठ प्रहरीको हत्या गरेका छन्।

शुक्रबार बिहान उत्तर प्रदेशको कानपुरस्थित गुण्डा ....

कानपुरमा डनलाई पक्राउ गर्न गएका डीएसपीसहित आठ प्रहरीको हत्या

काठमाडौं, असार १९ : भारतको कानपुरमा गुण्डा नाइकेले डीएसपीसहित आठ प्रहरीको हत्या गरेका छन्।

शुक्रबार बिहान उत्तर प्रदेशको कानपुरस्थित गुण्डा नाइके विकास दुबेलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण भएको हो। प्रहरी आएको खबर पाएपछि दुबेले सडकमा जेसीभी राखेर बाटो छेकेका थिए।

उनको घर जाने सडकमा जेसीभीले बाटो छेकेपछि प्रहरीले गाडी रोकेको थियो। त्यसपछि हिडेरै नजिकै रहेको दुबेको घरमा प्रहरी गएको थियो।

डन विकास दुबे।

दुबेले घरबाटै प्रहरी टोलीमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए। गोली लागेर डीएसपी देवेन्द्र मिश्रासहित आठ जना प्रहरीकाे मृत्यु भएकाे छ।

अहिले प्रहरी टोलीले उनको घर घेराउ गरेको छ। अझै उनलाई पक्राउ गर्न सकेको छैन। उनीमाथि ६० वटा मुद्दा रहेको जनाएको छ।

डन दुबेले इटा भट्टा र कलेज सञ्चालन गरिरहेका छन्। उनी पैसा लिएर अर्काको जमिन कब्जा गरिदिने काम समेत गर्दै आएका छन्।

प्रकाशित मिति: ११:१० बजे, शुक्रबार, असार १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्