महिलामाथि दुर्व्यवहार गरेको आरोपमा वडाध्यक्ष पक्राउ
महेन्द्रनगर, असार १९ : महिलामाथि दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुरको भीमदत्त नगरपालिका ९ का वडाध्यक्ष राम नाथ पक्राउ परेका छन्।
गएराति वडाध्....

महेन्द्रनगर, असार १९ : महिलामाथि दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुरको भीमदत्त नगरपालिका ९ का वडाध्यक्ष राम नाथ पक्राउ परेका छन्।
गएराति वडाध्यक्ष रामले ब्रह्मदेव बजारमा मदिरा सेवन गरी महिलामाथि दुर्व्यवहार गरेको भन्दै स्थानीय वासिन्दाले प्रहरीमा जानकारी गराएका थिए। स्थानीय वासिन्दाको जानकारी गरापछि ब्रह्मदेव प्रहरी चौकीको टोलीले उनलाई पक्राउ गरेको हो। उनलाई गएराति नै जिल्ला प्रहरी कार्यालय ल्याइएको छ।
महिलामाथि दुर्व्यवहार गरेको आरोप लागेपछि वडाध्यक्ष रामलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमर थापाले बताए। थप अनुसन्धान भइरहेको उनले बताए।
मदिरा सेवन गरेका वडाध्यक्षले ब्रह्मदेव बजारमै एक महिलालाई दुर्व्यवहार गरेको स्थानीय वासिन्दाको आरोप छ। स्थानीय वासिन्दा राति नै प्रहरी चौकी पुगेका थिए। उनीहरुले नाराबाजी गरेपछि प्रहरीले उनलाई निन्त्रणमा लिएको जनाएको छ।
वडाध्यक्ष रामले भने कुनै दुर्व्यवहार नगरेको बताउँदै आएका छन्।










