‘भगवान’ नाच्ने हरिसिद्धीको होली
काठमाडौं, चैत ६ : आज होली पर्व । रंगको पर्व होली धुमधामका साथ मनाइदैछ । हिमाली र पहाडी क्षेत्र होलीमा झुमेको छ भने तराई–मधेसमा भोली मनाइने छ।
काठमाडौं, चैत ६ : आज होली पर्व । रंगको पर्व होली धुमधामका साथ मनाइदैछ । हिमाली र पहाडी क्षेत्र होलीमा झुमेको छ भने तराई–मधेसमा भोली मनाइने छ।
काठमाडौंमा उपत्यकामा पनि होली हर्षोल्लासका साथ मनाइदै छ । अझ नेवारी संस्कृतिमा भने यसको विशेष महत्व छ।
त्यसमा पनि महर्जनको बाहुल्यता रहेको ललितपुरस्थित हरिसिद्धीमा भने विशेष जात्रा पनि आयोजना गरिन्छ । जल द्यो अर्थात हरिसिद्घी भवानीको मन्दिर रहेको हरिसिद्घीको लाक्षीको दबलीमा बिहानको ४ बजेदेखि मनाउन शुरु भएको छ । राति ११ बजेसम्म जल प्याख, द्यो प्याख देखाइन्छ।
हरिसिद्धी त्रिशक्ती भवानीलाई शक्तिशाली देवीका रुपमा मानिन्छ । आजको दिन होलीको नाच प्रारम्भ भएदेखि सम्पन्न नभएसम्म व्रत बसेर पूजाआराधना गर्नाले इच्छाएको कुरा पूरा हुन्छ भन्ने विश्वास छ।
हरिसिद्धीमा २९ जना पुजारी छन् । उनीहरू हरिसिद्धीको सेवामा समर्पित भएर लागेका हुन्छन्।
यिनै पुजारीले विभिन्न देवी–देवताको मुकुट, विशेष प्रकारको लुगा र गहना लगाएर द्यो प्याख देखाउने गर्छन् । धार्मिक ग्रन्थहरूमा आधारित भएर विशेष नाच, मन्त्र र बाजाको तालमा पुजारीहरूले नृत्य प्रस्तुत गर्छन्।
सांस्कृतिक पहिरनमा सजिएर पुजारीहरूले नृत्य शुरु गरेपछि साच्चिकै भगवानको अवतार जस्ता देखिन्छन् । त्यो बेला उनीहरू भगवानकै रुप हुने गरेको जनविश्वास छ।
घो प्याख वर्षको दुई पटक पूर्ण चन्द्रको दिन देखाउने गरिन्छ । यसमा एक दिन होली पूर्णिमा र अर्को योमरी पूर्णिमा हुन।
यो बेला रामायणमा उल्लेखित भगवान रामचन्द्र, लाखे, सुकरवीर, नारद, हनुमान आदिको स्वरुप धारण गरेर झाँकी प्रस्तुत गरिन्छ । यि सबै गरे ४० देवीदेवाताको स्वरुप धारण गरिएको हुन्छ।
होली पूर्णिमाको एक साता अघिदेखि नै पुजारीले हरिसिद्धी मन्दिरमा बसेर पूजाआज थाल्छन् । र जात्राको अघिल्लो दिन सबै पुजारी मन्दिरमै चा चोनिगु अर्थात रात बिताउँछन्।
हरिसिद्धीको विशेष र सबैभन्दा ठूलो जात्रा मानिन्छ । त्यस्तैले यहाँका स्थानीय बासिन्दाले आफ्ना टाढाका आफन्त र नातेदारलाई बोलाएर भोज खुवाउने गर्छन्।
आज पनि हरिसिद्धीमा बिहानैदेखि जात्रा र पूजाआजा शुरु भएको छ।












-(7)-1765197040.jpg)