Kathmandu Press

पहिराले घर पुरिँदा १८ महिने बालकको मृत्यु, बालिका वेपत्ता

गुल्मी, असार १९ : गुल्मीको इश्मा गाउँपालिका–१ हस्तिचौरमा गएको पहिरोमा दुई घर पुरिँदा एक बालकको मृत्यु भएको छ भने एक बालिका वेपत्ता भएकी छन्।

....
पहिराले घर पुरिँदा १८ महिने बालकको मृत्यु, बालिका वेपत्ता

गुल्मी, असार १९ : गुल्मीको इश्मा गाउँपालिका–१ हस्तिचौरमा गएको पहिरोमा दुई घर पुरिँदा एक बालकको मृत्यु भएको छ भने एक बालिका वेपत्ता भएकी छन्।

पहिरोमा पुरिएर स्थानीय वसन्त सारुका १८ महिने छोरा सिजनको मृत्यु भएको वडाध्यक्ष जंगबहादुर कुवँरले बताए। उनका अनुसार रिखबहादुर खत्रीकी सात वर्षीया छोरी अपेक्षा बेपत्ता भएकी छन्। वेपत्ता बालिकाको खोजी भइरहेको जनाएको छ।

पहिराले दुई घर पुरिँदा स्थानीय इश्वरा खत्रीसहित चार जना गम्भीर घाइते भएका छन्। उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

त्यसैगरि गुल्मीको मुसिकोट नगरपालिकामा पनि पहिरोमा परेर एक जना बेपत्ता भएका छन्। गएरातिदेखि परेको वर्षाले मुसिकोट नगरपालिका–२ मा आठ गोठ र दुई घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

वर्षा भइरहेकाले खोजीमा पनि कठिनाइ भएको जनाएको छ। पहिरो झर्ने क्रम पनि रोकिएको छैन। जसले गर्दा उद्धारमा समेत अप्ठ्यारो भएको प्रहरीले जनाएको छ।

मुसिकोट प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ पुगेको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्रसिंह खड्काले बताए। उनका अनुसार उद्धारको प्रयास भइरहेको छ। केही घर बगाएको खबर आएको र विस्तृत जानकारी आउन बाँकी रहेको उनले बताए।

 

प्रकाशित मिति: १०:०६ बजे, शुक्रबार, असार १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्