Kathmandu Press

अस्पताल पुगेर ई-लाई भेटे प्रधानमन्त्री ओलीले

काठमाडौं, असार १८ : प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पताल भर्ना भएका इनफ इज इनफका अभियन्ता ई. लाई  भेटेका छन्। 

ह्याम्पस अस्पताल ....

अस्पताल पुगेर ई-लाई भेटे प्रधानमन्त्री ओलीले

काठमाडौं, असार १८ : प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पताल भर्ना भएका इनफ इज इनफका अभियन्ता ई. लाई  भेटेका छन्। 

ह्याम्पस अस्पताल पुगेका ओलीले ई-लाई भेटेर कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा भएको खर्चमा पारदर्शिता अपनाइने प्रतिवद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले ई-लाई अनशन तोड्न आग्रह समेत गरे। अनशन बस्दै आएका ईसहित दुई अभियन्ता बिहीबार अस्पताल भर्ना भएका हुन्।

कोरोना भाइरस महामारीमा सरकारले गरेको कामप्रति असन्तुष्ट जनाउँदै ईको नेतृत्वमा इनफ इज इनफ अभियान थालिएको थियो।

प्रकाशित मिति: २०:५० बजे, बिहीबार, असार १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्