Kathmandu Press

कर्णाली प्रदेशमा थपिए ६ नयाँ संक्रमित, डिस्चार्ज हुने ४९

काठमाडौं, असार १८ : कर्णाली प्रदेशमा बिहीबार संक्रमण पुष्टि भएका भन्दा डिस्चार्ज हुनेको संख्या बढी रहेको छ। कर्णालीमा आज थप ६ जनामा कोरोना संक्रमण पुष....

कर्णाली प्रदेशमा थपिए ६ नयाँ संक्रमित, डिस्चार्ज हुने ४९

काठमाडौं, असार १८ : कर्णाली प्रदेशमा बिहीबार संक्रमण पुष्टि भएका भन्दा डिस्चार्ज हुनेको संख्या बढी रहेको छ। कर्णालीमा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने डिस्चार्ज ४९ जना भएका छन्। 

भेरी अस्पताल नेपालगञ्ज बाँके र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा थप ६ जनामा संक्रमण पुष्टि भएको हो। 

संक्रमितमध्ये सुर्खेतका ३ जना, दैलेख, कालीकोट र स्याङजाका एकरएक जना रहेका छन्।

यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १४ सय ७४ पुगेको छ।

साथै डिस्चार्ज हुनेको संख्या ११ सय २७ पुगेको छ। हाल आइसोलेसनमा तीन सय ४१ जना रहेका छन्।

प्रकाशित मिति: १७:२२ बजे, बिहीबार, असार १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्