गण्डकी प्रदेशमा थप १७ जनामा कोरोनाको संक्रमण पुष्टि
काठमाडौं, असार १८ : गण्डकी प्रदेशमा बिहीबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित मधये १६ जना लमजुङका रहेका छन्।
पोखरा स्....

काठमाडौं, असार १८ : गण्डकी प्रदेशमा बिहीबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित मधये १६ जना लमजुङका रहेका छन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा आज १७ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
निर्देशनालयका अनुसार लमजुङका १६ मध्ये १५ पुरुष र एक महिला रहेका छन्। अर्का एक संक्रमित भने कास्कीको पोखरा महानगरपालिकाका ३३ वर्षीय पुरुष हुन्।
यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १०३१ पुगेको छ।
प्रकाशित मिति: १६:५० बजे, बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार