Kathmandu Press

नेकपाको स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित

काठमाडौं, असार १८ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ। 

बिहीबार दुई पटक बसेको स्थायी ....

नेकपाको स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित
फाइल

काठमाडौं, असार १८ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ। 

बिहीबार दुई पटक बसेको स्थायी कमिटी बैठक शनिबारसम्मका लागि स्थगित भएको हो। बिहीबार बिहान ११ बजे बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नभएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक सुरु गरेका थिए। 

मन्त्रिपरिषद बैठकले संघीय संसदको दुवै सदनका अधिवेशन स्थगित गर्न राष्ट्रपति समक्ष सिफारिस गरेपछि स्थगित भएको स्थायी कमिटी बैठक प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएपछि सुरु पुनः सुरु भएको थियो। प्रचण्डले राष्ट्रपति भण्डारीसँग भएको कुराकानीबारे बिफ्रिङ गरेपछि स्थायी कमिटी बैठक शनिबार बस्ने गरी स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

स्थायी कमिटी बैठकअघि अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष ओलीसँग छलफल गर्नेछन्। 

प्रकाशित मिति: १६:४३ बजे, बिहीबार, असार १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्