काठमाडौंमा थपिए २८ कोरोना संक्रमित
काठमाडौं, असार १८ : काठमाडौंमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार देशभर गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका चार सय ७३ मध्ये २८ जना काठ....

काठमाडौं, असार १८ : काठमाडौंमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार देशभर गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका चार सय ७३ मध्ये २८ जना काठमाडौंका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार पाँच सय १९ पुगेको छ। संक्रमितमध्ये हालसम्म ५ हजार ३ सय २० जना निको भएर घर फर्किएका छन्।
प्रवक्ता गौतमका अनुसार बिहीबारमात्रै कोरोनालाई जितेर ६६४ जना घर फर्किएका छन्।
प्रकाशित मिति: १६:४१ बजे, बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










