राष्ट्रपतिलाई भेटेर बालुवाटार फर्किए प्रचण्ड, स्थायी कमिटीमा ब्रिफिङ गर्दै
काठमाडौं, असार १८ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पुनः सुरु भएको छ।
बिहीबार बिहान केही समय बसेर स्थगित भए....

काठमाडौं, असार १८ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पुनः सुरु भएको छ।
बिहीबार बिहान केही समय बसेर स्थगित भएको बैठक पुनः सुरु भएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएका नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी सदस्यहरुलाई बिफ्रिङ गरिरहेका छन्।
तर, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने बैठकमा सहभागी छैनन्। बिहीबार मध्यान्ह बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। त्यस लगत्तै राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गरेकी छन्।
प्रकाशित मिति: १६:१४ बजे, बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










