Kathmandu Press

बाबुरामको टिप्पणी- हाम्रा कमरेडहरुलाई दुई तिहाइको सरकार पचेन

काठमाडौं, असार १८ : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले करिब दुई तिहाइको सरकार कमरेडहरुलाई नपचेको टिप्पणी गरेका छन्। 

सरकारको सिफा....

बाबुरामको टिप्पणी- हाम्रा कमरेडहरुलाई दुई तिहाइको सरकार पचेन

काठमाडौं, असार १८ : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले करिब दुई तिहाइको सरकार कमरेडहरुलाई नपचेको टिप्पणी गरेका छन्। 

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन बिहीबार साँझ ५ बजेदेखि  लागू हुने गरी अन्त्य गरेपछि पूर्वप्रधानमन्त्री भट्टराईले नेकपालाई दुई तिहाइ बहुमतको आफ्नै सरकार नपचेको टिप्पणी गरेका हुन्। 

ट्वीटरमा ट्वीट गर्दै बाबुरामले भनेका छन्,‘ कुनै कुनै प्राणीलाई घीउ पच्दैन रे! हाम्रा कमरेडहरूलाई पनि दुई तिहाइ करिब बहुमतको सरकार नपचेको जस्तो छ। त्यो अजीर्णताले संसद र लोकतन्त्रलाई नै हानी गर्ने हो कि भन्ने खतरा चैं बढी गम्भीर भो! सबै सजग रहौं र खबरदारी गरौं। यत्रो त्यागरबलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस्!'

भट्टराईले सरकारको निर्णयले लोकतन्त्रलाई नै हानी गर्ने हो कि भन्ने खतरा बढेको बताएका छन्। उनले ठूलो त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन सबै सजग भएर खबरदारी गर्नु पर्ने पनि बताएका छन्।
 

प्रकाशित मिति: १५:४४ बजे, बिहीबार, असार १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्