स्थायी कमिटी बैठक रोकेर ओली र प्रचण्डबीच छलफल
काठमाडौं, असार १८ : नेकपा स्थायी कमिटी बैठक रोकेर दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएकाे छ।
नेकपा ....

काठमाडौं, असार १८ : नेकपा स्थायी कमिटी बैठक रोकेर दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएकाे छ।
नेकपा स्थायी कमिटी बैठक आज बिहान ११ बजे डाँकिएको थियो। एक घन्टा ढिलो गरि १२ बजे सुरु भएको बैठकमा पनि प्रधानमन्त्री ओली उपस्थित भएका थिएनन्।
ओली नआएपछि बैठक रोकिएको हो। दुवै अध्यक्ष छलफलमा जुटेको नेकपा नेता हरिबोल गजुरेलले बताए। बिहीबार बिहान प्रचण्ड निवास खुमलटारमा ओली निकट नेताहरुसँग प्रचण्डले छलफल गरेका थिए। छलफलमा कुनै सहमति हुन नसकेपछि प्रधानमन्त्री ओलीले आफूअनुसार कदम चाल्न सुरु गरेको जनाएको छ।
उनले बिहान मन्त्रिपरिषद् बैठक बस्नु अघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए। भेटेर फर्के लगत्तै बसेको मन्त्रिपरिषद् बैठकबाट संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेका थिए।
सरकारको निर्णयअनुसार, राष्ट्रपतिले आज साँझ ५ बजेदेखि संसद् अधिवेशन अन्त्यको घोषणा गरेकी छन्। संसद् अधिवेशन अन्त्य गरेर राजनीतिक दल फुटाउन सजिलो हुने गरि अध्यादेश ल्याउने तयारी गरिएको जनाएको छ।
नेकपा स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिन दबाब दिइरहेका छन्।










