राष्ट्रपतिलाई भेट्न प्रचण्ड शीतलनिवासमा
काठमाडौं, असार १८ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति निवास पुगेका छन्।
रा....

काठमाडौं, असार १८ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति निवास पुगेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न अध्यक्ष प्रचण्ड बिहीबार दिउँसो शीतल निवास पुगेका हुन्। स्रोतका अनुसार प्रचण्ड पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न राष्ट्रपति निवास पुगेका हुन्।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ ५ बजेदेखि संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गरेकी छिन्। नेकपाभित्र प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिन प्रचण्डसहितका शीर्ष नेताहरुले दिँदै आएका छन्।
स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्ड, उपाध्यक्ष बामदेव गौतम, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित बैठकमा बोलेका स्थायी कमिटी सदस्यहरुले तत्काल राजीनामा दिन प्रधानमन्त्री ओलीमाथि दबाब दिएका थिए।
प्रधानमन्त्री ओलीको राजीनामाको विषयलाई लिएर नेकपाभित्रको आन्तरिक विवाद चुलिएको छ। अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल समूहले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा गराउन दबाब दिने उद्देश्यका साथ बुधबार साँझ ललितपुरको झम्सिखेलमा आफू पक्षधरको गोप्य भेला राखेका थिए।
अध्यक्ष प्रचण्डले बिहीबार बिहानमात्रै प्रधानमन्त्री ओलीनिकट स्थायी कमिटी सदस्यहरुसँग खुमलटारमा छलफल गरेका थिए।










