प्रधानमन्त्री ओलीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन
काठमाडौं, असार १८ : प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।
नेकपा स्थायी कमिटी बैठकमा ओलीले प्रधानमन्त्र....

काठमाडौं, असार १८ : प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।
नेकपा स्थायी कमिटी बैठकमा ओलीले प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुपर्ने माग उठिरहेको बेला माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो। प्रधानमन्त्री ओलीका समर्थकले सरकार ढाल्न पाइँदैन भन्दै प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरुले 'आजलाई होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई' लेखिएका प्लेकार्ड बोकेका थिए। प्रदर्शनमा नेकपा समर्थित अखिल र युवासंघका कार्यकर्ता सहभागी थिए।
प्रकाशित मिति: १४:३५ बजे, बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










