Kathmandu Press

गण्डकीमा काेराेना जित्नेकाे संख्या दुई सय ८७ 

पाेखरा, असार १८ : गण्डकी प्रदेशमा बिहीबार थप ७३ कोरोनामुक्त भएका छन्। याेसँगै गण्डकी प्रदेशमा काेराेनामुक्त हुनेकाे संख्या दुई सय ८७ पुगेकाे छ।

गण्डकीमा काेराेना जित्नेकाे संख्या दुई सय ८७ 

पाेखरा, असार १८ : गण्डकी प्रदेशमा बिहीबार थप ७३ कोरोनामुक्त भएका छन्। याेसँगै गण्डकी प्रदेशमा काेराेनामुक्त हुनेकाे संख्या दुई सय ८७ पुगेकाे छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको विज्ञप्तिअनुसार बिहीबार बाग्लुङका ६८ जना, गोरखाका तीन, लमजुङका दुई जनाले कोरोना जित्न सफल भएका हुन्।

यसअघि २१४ जनाले निको भएका थिए। प्रदेशमा कोरोना संक्तमितको संख्या बिहीबारसम्ममा एक हजार १४  पुगेको छ। 

बिहीबार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा थप नयाँ आठ जना संक्रमित थपिएका छन्।

प्रकाशित मिति: १४:२५ बजे, बिहीबार, असार १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्