Kathmandu Press

प्रधानमन्त्री बैठकमा नआएपछि नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, असार १८ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ। 

बिहीबार प्रधानमन्त्रीको सरकारी निव....

प्रधानमन्त्री बैठकमा नआएपछि नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, असार १८ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ। 

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर बसेको नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको हो। स्थायी कमिटीको आजको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली भने सहभागी भएका थिएनन्। 

बालुवाटारमै बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। संसदको अधिवेशन नै अन्त्य गर्न सरकारले सिफारिस गरेपछि नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताहरु स्थायी कमिटीको बैठकमै थिए। 

तर, प्रधानमन्त्री ओली भने मन्त्रिपरिषद् बैठक सकिएपछि पनि स्थायी कमिटीको बैठकमा सहभागी भएका थिएनन्।  प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली बैठकमा सहभागी नभएको र संसद अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेपछि नेकपाको जारी स्थायी कमिटी बैठक प्रभावित भएको हो। 
 

प्रकाशित मिति: १३:४६ बजे, बिहीबार, असार १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्