Kathmandu Press

फेसबुकमा लाइभ गर्दै युवतीले गरिन् आत्महत्या

काठमाडौं, असार १८ : दाङमा एक युवतीले फेसबुक लाइभ गरेर आत्महत्या गरेकी छन्। बिहीबार बिहान तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी २२ वर्षीया एलिसा ....

फेसबुकमा लाइभ गर्दै युवतीले गरिन् आत्महत्या

काठमाडौं, असार १८ : दाङमा एक युवतीले फेसबुक लाइभ गरेर आत्महत्या गरेकी छन्। बिहीबार बिहान तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी २२ वर्षीया एलिसा गौतमले फेसबुकमा लाइभ गरेर आत्महत्या गरेकी हुन्।

युवतीले आत्महत्या गर्न लागेको सूचना पाएपछि तुलसीपुरबाट प्रहरी रातको १ बजे रानीजरुवा हिडेको थियो। घर पत्ता लगाउन नसकेको कारण बिहान ३ः३० बजे प्रहरी युवतीको घर पुग्याे। प्रहरी पुग्दा युवती घरको कोठाको सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। 

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार युवतीले आत्महत्या गर्नुको कारण नखुलेको र अनुसन्धान जारी रहेको जनाएको छ। 

प्रकाशित मिति: १३:२९ बजे, बिहीबार, असार १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्