Kathmandu Press

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

काठमाडौं, असार १७ः नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ। तर, अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकमा उपस्थित छैनन्।

....
स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित
सूर्य थापाको ट्वीटरबाट

काठमाडौं, असार १७ः नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ। तर, अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकमा उपस्थित छैनन्।

बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री नआएपछि उनीबिनै बैठक सुरु भएको छ।

प्रधानमन्त्री ओलीले १२ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्। त्यसकै तयारी भइरहेको जानकारी बालुवाटारले गराएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बैठक सुरु गरेका छन्।

प्रकाशित मिति: १२:४० बजे, बिहीबार, असार १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्