Kathmandu Press

खुमलटार बैठकमा नेताहरुले भने, ‘सबै एउटा डुंगामा छौँ, डुंगा डुब्यो भने सबै डुब्छौँ’

काठमाडौं, असार १८ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको नेकपा नेताहरुको बैठक सकिएको छ। बैठकमा नेताहरुले पार्टीलाई विभाजनति....

खुमलटार बैठकमा नेताहरुले भने, ‘सबै एउटा डुंगामा छौँ, डुंगा डुब्यो भने सबै डुब्छौँ’
फाइल फाेटाे

काठमाडौं, असार १८ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको नेकपा नेताहरुको बैठक सकिएको छ। बैठकमा नेताहरुले पार्टीलाई विभाजनतिर जान दिन नहुनेमा जोड दिएका छन्।

नेकपाको आन्तरिक बिबाद चुलिइएको वेला प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरुसँग छलफल गरेका हुन्। छलफलमा सहभागी नेताहरुले एकतामा जोड दिँदै सहमतिमा अघि बढ्नु पर्ने बताएको जनाइएको छ।

छलफलमा सहभागी नेताहरुले एकजुट भएर जानुपर्नेमा जोड दिएको नेकपा नेता हरिबोल गजुरेलले बताए। बैठकमा ‘हामी सबै एउटा डुंगामा छौँ। डुंगा डुब्यो भने सबै डुब्छौँ’ भन्नेमा नेताहरुले जोड दिएको गजुरेल बताए। उनले भने, ‘छलफल र सहमतिबाट समस्या समाधान गर्नुपर्छ। पार्टी विभाजन हुन दिनुहुँदैन भन्ने निष्कर्ष निकालिएको छ।’

छलफलमा सहभागी नेकपा नेता जनार्दन शर्माले अहिलेको बिबाद समाधान गर्ने विषयमा छलफल भएको बताए। पार्टी एकतालाई कसरी बचाउने भन्नेमा छलफल भएको बताउँदै उनले भने, ‘पार्टी एकता जोगाउन थप छलफल गर्न आवश्यक पनि देखियो, यसका लागि अझै छलफल हुन्छ।’

खुमलटारमा भएको बैठकमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, सुवासचन्द्र नेम्वाग, विष्णु पौडेल, विष्णु रिमाल र शंकर पोखरेल सहभागी थिए। त्यस्तै, प्रचण्डपक्षका जनार्दन शर्मा, नारायणकाजी श्रेष्ठ, मात्रिका यादव, हरिवोल गजुरेल सहभागी थिए। यसमा माधव नेपाल पक्षका सुरेन्द्र पाण्डे पनि सहभागी रहेका थिए।

यसअघि बुधबार बिहान प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुसँग बालुवाटारमा छलफल गरेका थिए। उनले आफू अप्ठ्यारोमा परेको र सघाउन आग्रह गरेका थिए।

त्यसपछि बुधबार साँझ प्रचण्ड र माधव नेपाल निकट नेताहरुले झम्सीखेलको एक होटलमा छलफल गरेका थिए। त्यसमा नेकपा स्थायी कमिटीका ४४ मध्ये ३० सदस्य सहभागी थिए।

प्रकाशित मिति: ११:१९ बजे, बिहीबार, असार १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्