Kathmandu Press

मनाङमा खाली भए आइसोलेसन र क्वारेन्टाइन

मनाङ, असार १८ : हिमाली जिल्ला मनाङमा आइसोलेसन र क्वारेन्टाइन खाली भएका छन्।

कोरोना सङ्क्रमित ५७ वर्षीय पुरुष डिस्चार्ज भएसँगै हाललाई मनाङ को....

मनाङमा खाली भए आइसोलेसन र क्वारेन्टाइन

मनाङ, असार १८ : हिमाली जिल्ला मनाङमा आइसोलेसन र क्वारेन्टाइन खाली भएका छन्।

कोरोना सङ्क्रमित ५७ वर्षीय पुरुष डिस्चार्ज भएसँगै हाललाई मनाङ कोरोना सङ्क्रमणमुक्त भएको छ। मनाङमा भेटिएका एक मात्र सङ्क्रमित सोमबार निको भएर घर फर्किएका छन्। त्यसपछि नयाँ संक्रमित फेला परेका छैनन्।

कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको ११औँ दिनमा उनी घर फर्किएका हुन्। जिल्ला अस्पताल मनाङको आइसोलेसनमा उपचाररत उनी निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए।

एघार दिनको उपचारपछि पिसीआर परीक्षण गर्दा कोरोना नेगेटिभ आएसँगै उनलाई डिस्चार्ज गरिएको आचार्यको भनाइ छ।

उनी कपिलवस्तुको वाणगङ्गाका हुन्। अहिले उनी मनाङमा कार्यरत छन्।

अहिलेसम्म मनाङमा अन्य कुनै पनि मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छैन। यद्यपि उनलाई दुई हप्ता होम क्वारेन्टाइनमा बस्न सुझाइएको छ।

मनाङमा ३० जनाको पिसीआर परीक्षण गरिएकामा एक जनाको रिपोर्ट पोजेटिभ र २९ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख आचार्यले बताए।

हालसम्म मनाङमा १६७ जनाको आरडिटी परीक्षण गरिएको छ। मनाङमा निर्माण गरिएको ९३ शय्या क्षमताको क्वारेन्टाइन र सात शय्याको आइसोलेसन अहिले खाली रहेका छन्। (रासस)

 

प्रकाशित मिति: १०:३८ बजे, बिहीबार, असार १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्