Kathmandu Press

चट्याङ लागेर बारामा चार जनाको मृत्यु

वीरगञ्ज, असार १८ : बारामा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुई छुट्टाछुट्टै....

चट्याङ लागेर बारामा चार जनाको मृत्यु

वीरगञ्ज, असार १८ : बारामा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुई छुट्टाछुट्टै स्थानमा परेको चट्याङ लागेर चार जनाको मृत्यु भएको हो। आज बिहान ७ बजे चट्याङ कलैया उपमहानगरपालिका–१२ की ३५ वर्षीया आशादेवी महतो र ४५ वर्षीया हलिमा खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ।

खेतमा काम गरिरहेका उनीहरु चट्याङ लागेर गम्भीर घाइते एका थिए। उपचारका लागि कलैया अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए।

त्यस्तै, आज बिहान नै चट्याङ लागेर फेटा गाउँपालिका–१ त्रिवेणीकी ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनरपतिदेवी महताको मृत्यु भएको छ। उनीहरु पनि खेतमा धानी रोपिरहेका थिए।

चट्याङ लागेर त्रिवेणीका पाँच जना घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि वीरगञ्ज ल्याइएको छ। उनीहरुको अवस्था खतरामुक्त रहेको डीएसपी मिश्रले बताए।

 

प्रकाशित मिति: १०:०७ बजे, बिहीबार, असार १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्