Kathmandu Press

प्रधानमन्त्री निकट नेतासँग प्रचण्डको खुमलटारमा छलफल

काठमाडौं, असार १८ : नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरुसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारमा छलफल....

प्रधानमन्त्री निकट नेतासँग प्रचण्डको खुमलटारमा छलफल

काठमाडौं, असार १८ : नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरुसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारमा छलफल गरिरहेका छन्।

आज बिहान ८ बजे ओलीनिकट नेताहरु खुमलटार पुगेका थिए। उनीहरुलाई छलफलका लागि प्रचण्डले नै बोलाएको नेकपा स्रोतले जनाएको छ।

खुमलटारमा चलिरहेको छलफलमा रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्थायी समिति सदस्य शंकर पोखरेल सहभागी रहेका छन्। नेकपाभित्र विवाद चुलिएपछि उनीहरु प्रचण्ड छलफलमा जुटेका हुन्।

नेकपा स्थायी समितिका अधिकांश सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि विवाद चुलिएको हो। ओली पक्ष र विपक्षीहरु आआफ्नो रणनीति बनाउन छलफलमा जुटिरहेका छन्।

बुधबार बिहान प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुसँग बालुवाटारमा छलफल गरेका थिए। उनले आफू अप्ठ्यारोमा परेको र सघाउन आग्रह गरेका थिए।

त्यसपछि बुधबार साँझ प्रचण्ड र माधव नेपाल निकट नेताहरुले झम्सीखेलको एक होटलमा छलफल गरेका थिए। त्यसमा नेकपा स्थायी कमिटीका ४४ मध्ये ३० सदस्य सहभागी थिए।

आज बिहान ११ बजे नेकपा स्थायी कमिटी बैठक बस्दै छ। त्यस अघि प्रचण्डले ओली निकट नेताहरुसँग छलफल थालेका हुन्।

प्रकाशित मिति: ०९:५० बजे, बिहीबार, असार १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्