Kathmandu Press

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, असार १८ : गण्डकी प्रदेशका चार जिल्लामा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको पर....

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, असार १८ : गण्डकी प्रदेशका चार जिल्लामा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा तनहुँका तीन जना, स्याङ्जा र पर्वतका दुई-दुई जना र बाग्लुङका एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ।

संक्रमित व्यक्तिहरुलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १ हजार १४ पुगेको छ। 

प्रकाशित मिति: ०८:१९ बजे, बिहीबार, असार १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्