ललितपुरमा प्रचण्ड-नेपाल समूहको गोप्य बैठक
काठमाडौं, असार १७ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक राजनीति तरल बनिरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेत....

काठमाडौं, असार १७ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक राजनीति तरल बनिरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको गोप्य बैठक बसेको छ।
एक सातादेखि जारी स्थायी कमिटी बैठकमा विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली इतरका नेताहरु आगामी रणनीति बनाउन जुटेका हुन्। ललितपुरस्थित झम्सीखेलको एक होटलमा बसेको बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय नेपाल र खनाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा उपस्थित छन्।
यस्तै, प्रचण्ड–नेपाल समूहका अधिकांश स्थायी कमिटी सदस्य पनि सहभागी छन्। तर, नेपाल-प्रचण्ड समूहमै रहेका स्थायी कमिटी सदस्यहरु योगेश भट्टराई, लेखराज भट्ट र घनश्याम भुसाल भने बैठकमा उपस्थित छैनन्।
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको सरकार र पार्टी सञ्चालनको शैलीप्रति विरोध जनाउँदै अर्का प्रचण्ड, नेपाल, खनाल लगायतका नेताले दुवै पदबाट राजीनामा दिन माग गरेका छन्। बुधबार बिहान बालुवाटारमा प्रधामन्त्री ओलीले आफूनिकट मन्त्रीसँग छलफल गरेका थिए।
अध्यक्ष प्रचण्डले बिहीबार बिहान बस्ने स्थायी कमिटीको बैठकअघि सबै सदस्यलाई आफ्नो निवास खुमलटार बोलाएको स्रोतको दाबी छ।










