काभ्रेमा टिपरको ठक्करबाट दुईको मृत्यु
काठमाडौं, असार १७ : काभ्रेपलाञ्चोकमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा धुलिखेल नगरपालिका–२....

काठमाडौं, असार १७ : काभ्रेपलाञ्चोकमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा धुलिखेल नगरपालिका–२ का मोटरसाइकल चालक ५२ वर्षीय वेदप्रसाद कोइराला र मोटरसाइकलको पछाडि सवार ५३ वर्षीय गोबर्द्धनप्रसाद कोइराला रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
बनेपाबाट रविओपीतर्फ जाँदै गरेको बा४ख ६३८६ नम्बरको टिपरले आज दिउँसो सोही दिशातर्फ जाँदै गरेको बा३६प ५०५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुबै जनाको मृत्यु भएको हो। मृतक दुवै जनाको शव परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ।
घटनापश्चात चालक टिपर छोडेर फरार भएकोले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १९:५९ बजे, बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











